Banijya News

फेसबुकको मातृसंस्था मेटाले नेपालमा दर्ता प्रक्रियाबारे सरकारसँग माग्यो विवरण

1
1.2K Shares

सिंगापुरबाट सामाजिक सञ्जाल फेसबुकको सञ्चालक कम्पनी मेटाले नेपालमा आफ्नो प्लेटफर्म दर्ता गर्नका लागि सरकारसँग सम्पर्क गरेको छ।

मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार, मेटाका सिंगापुरस्थित एक कर्मचारीले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका स्वकीय सचिव शालिग्राम पराजुलीसँग फोन सम्पर्क गरेका हुन्। यस क्रममा ती कर्मचारीले नेपालमा दर्ता र सूचीकरण प्रक्रियाका लागि आवश्यक कागजात तथा विवरणबारे जानकारी मागेका थिए।

प्रवक्ता ठाकुरले मेटाको आग्रहअनुसार मन्त्रालयले तत्काल दर्ताका लागि चाहिने सबै विवरण इमेलमार्फत पठाइसकेको बताएका छन्। ‘मेटाका अन्सारी थरका एक कर्मचारीले मन्त्रीज्यूको पीएलाई फोन गरेर जानकारी माग्नुभएपछि हामीले ५ मिनेटभित्रै आवश्यक विवरण इमेलमार्फत पठाइदिएका छौँ,’ उनले भने।

सरकारले सामाजिक सञ्जालहरूलाई दर्ता गर्न दिएको समयसीमा सकिएपछि र कठोर कदम चाल्ने चेतावनी दिएपछि मेटाको यो कदमलाई महत्वपूर्ण मानिएको छ। यसले ठूला सामाजिक सञ्जाल कम्पनीहरू नेपाल सरकारको नियमनको दायरामा आउन तयार रहेको संकेत गरेको छ।

1

Scroll to Top