Banijya News

एनआइबीएल एस क्यापिटलको ३ म्युचुअल फण्डको लाभांश घोषणा

1
1.2K Shares

एनआईएमबी एस क्यापिटलले सञ्चालन गरेको ३ वटा म्युचुअल फन्डको आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेका छ।योजना व्यवस्थापक एनआईएमबी एस क्यापिटलको सञ्चालक समितिको बैठकले एनआईबीएल ग्रोथ फन्ड, मेगा म्युचुअल फन्ड–१ र एनआईबिएल समृद्धि फन्ड–२ को लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसअनुसार इकाइधनीहरु करसहित एनआईबीएल ग्रोथ फन्डमा १० प्रतिशत (१३ करोड २० लाख रुपैयाँ) मेगा म्युचुअल फन्ड–१ ले ११.७५ प्रतिशत (१४ करोड ६८ लाख ७५ हजार रुपैयाँ) र एनआईबिएल समृद्धि फन्ड–२ मा ७ प्रतिशत (१० करोड ५० लाख रुपैयाँ) नगद लाभांश वितरण गर्ने क्यापिटलले जनाएको छ ।

यी ३ वटै फण्डको लाभांश वितरणार्थ भदौ २७ गते बुक क्लोज गर्ने निर्णय गरेको। जसमा भदौ २६ गतेसम्म कायम इकाइधनीले यी म्युचुअल फन्डको लाभांश प्राप्त गर्नेछन् ।

1

Scroll to Top