Banijya News

नेप्सेमा बस्याल र ‘नेपाल रि’ मा पौडेल

1
1.3K Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अध्यक्षमा हेमन्त बस्याल र नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) को अध्यक्षमा सुरेन्द्र पौडेल नियुक्त भएका छन् । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुक्रबार बस्याललाई नेप्सेको अध्यक्ष र नेपाल रिको अध्यक्षमा पौडेललाई नियुक्त गरिएको हो ।

पौडेल नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक हुन् । पौडेलले यसअघि उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा महाप्रबन्धक भएर जिम्मेवारी सम्हालिसकेका छन् । नेपाल रीमा अध्यक्ष पौडेलको सबैभन्दा ठुलो चुनौती पुँजी वृद्धि हुनेछ ।

बिमा प्राधिकरणले आगामी माघभित्र २० अर्ब चुक्ता पुँजी कायम गर्नुपर्ने मापदण्ड तोकेको छ । सरकारले हकप्रद सेयर खुला गर्न अनुमति दिएको छैन । अर्कातिर, सरकारी सेयरबापतको रकम विनियोजन नगरेकाले पुँजी वृद्धिको निर्णय लागू हुन सकेको छैन ।

अर्थमन्त्री पौडेलले नेप्सेको अध्यक्षमा नियुक्त गरेका बस्याल एनआरएन इनफ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टका प्रमुख कार्यकारी अधिकृत थिए । यसअघिका अध्यक्ष रहेका सहसचिव शोभाकान्त पौडेल सचिवमा बढुवा भएपछि उक्त पद रिक्त थियो । 

बीमा प्राधिकरणको अध्यक्ष बन्न आवेदन दिने अन्य १४ जनाको नाम यस्तो

1

Scroll to Top