Banijya News

काठमाडौँमा जेनेरेसन जी को प्रदर्शन: संसद भवनभित्र प्रवेश, अश्रुग्यास प्रहार

1
1.1K Shares

भ्रष्टाचार र बेथितिविरुद्धको आन्दोलनमा उत्रेका जेनेरेसन जी (जेन जी) का युवाहरूले संघीय संसद भवनभित्र प्रवेश गरेपछि बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। प्रहरीको घेरा तोड्दै र गेटबाट माथि चढेर उनीहरू संसद भवनभित्र छिरेका हुन्।

प्रदर्शनकारीको भीड बढ्दै गएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। आन्दोलनकारीले सरकारविरुद्ध नाराबाजी गर्दै माइतीघर मण्डलाबाट बानेश्वरसम्म जुलुस निकालेका थिए।

प्रदर्शनकारीको बढ्दो संख्या र उनीहरूको आक्रोशलाई ध्यानमा राख्दै प्रहरीले बानेश्वर क्षेत्रमा सुरक्षाकर्मीको तैनाथी बढाएको छ। यस क्षेत्रमा सरकारले निषेधित क्षेत्र घोषणा गरे पनि प्रदर्शनकारीहरू अघि बढेका हुन्। माइतीघर मण्डलामा जम्मा भएका अन्य प्रदर्शनकारीहरू पनि बाइकसहित बानेश्वरतर्फ लागेका छन्।

यो आन्दोलनले युवाहरूमा व्याप्त असन्तुष्टि र आक्रोशलाई उजागर गरेको छ।

1

Scroll to Top