Banijya News

जेन–जीको आन्दोलनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

1
1.1K Shares

जेन–जीको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

आज जे–जीको आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

आज माइतीघरमा भएको जेनजी प्रदर्शन सिंहदरबार, संसद् भवनलगायत सरकारी केन्द्रीय कार्यालयहरूमा केन्द्रित बनेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु आदेश जारी गरेको थियो। सुरुमा नयाँ बानेश्वर संसद् भवन वरिपरि कर्फ्यु लगाएको प्रशासनले पनि अन्य स्थानमा समेत बढाएको छ । सामाजिक सञ्जाल बन्द गरेको, भ्रष्टाचार बढेको लगायतका विषयमा आक्रोश पोख्दै जेएनजी युवाहरूले आजबाट आन्दोलन सुरु गरेको अवस्था छ । आन्दोलनको सुरु दिनमा नै जनधनको क्षति भएको देखिएको छ । एक जनाको निधन भए पनि झन्डै एक सय जना भन्दा बढी घाइते भएको सिभिललगायतका अस्पतालले जानकारी दिएका छन् ।

सरकारले कर्फ्यु लगाएपछि नेपाली सेना जेएनजी आन्दोलनमा तैनाथ गरिएको छ ।

1

Scroll to Top