Banijya News

प्रहरीको गोली लागेर उपत्यकामा पाँच जनाको मृत्यु, पोखरामा एक घाइते

1
1.1K Shares

जेन्जीको प्रदर्शनको क्रममा पाँच जनाको मृत्यु भएको छ । प्रहरीको गोली लागि राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै चार जना प्रदर्शनकारीको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ ।

जेनजी प्रदर्शनका क्रममा यसअघि सिभिल अस्पतालमा एक जनाको मृत्यु भएको थियो । केहीलाई गोली लागेको छ । अहिलेसम्म कतिलाई गोली लागेको भन्नेबारे यकिन थाहा भइसकेको छैन । मृत्यक संख्य बढन सक्ने अस्पतालहरुले जनाएका छन् ।

प्रहरीको गोली लागेर पोखरामा पनि एक जना घाइते भएका छन् । मुख्यमन्त्री कार्यालय घेराउपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीको गाली लागेर घाइते भएकालाई उपचार गराउन अस्पताल लगिएको छ । घाइले गम्बिर अवस्थामा रहेको हाम्रा पोखरा सहकर्मीले बताएका छन । दिउँसो साढे १२ बजेबाट कफ्र्यू लागेपनि अहिलेसम्म प्रदर्शन रोकिइरहेको छैन ।

1

Scroll to Top