जेन–जीको सोमबार भएको प्रदर्शनमा १९ जना आन्दोलनकारीको मृत्युभएपछि आज देशभर सबैजसो स्थानमा विरोध भैरहेका छन् । काठमाडौं उपत्यका लगायत देशभरको सुरक्षा व्यवस्थालाई कडा पारिएको भनिएपनि आन्दोन स्थिती बाहिर गएको छ । साथै, सुरक्षा निकायलाई ‘हाइअलर्ट’ हुन निर्देश गरिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले देशभरका सुरक्षा निकायलाई सुरक्षा व्यवस्था कडा पार्न र शान्ति सुव्यवस्था खलल हुन नदिन निर्देशन दिएको बताएपनि देशभर भिड नियन्त्रण बाहिर रहेको छ ।
उपत्यकाका तीनै जिल्ल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा निश्चित क्षेत्र तोकेर निषेधाज्ञ जारी गरिसकिएको भएपनि आन्दोलन अझ उग्र हुँदै गएको छ । आन्दोलनकारीले अन्र्तराष्ट्रिय विमानस्थल बन्दको माग गर्न थालेका छन् भने विभिन्न प्रहरी पोष्टमा आगलागी गरेका छन् । हालै नेतृत्वको जिम्मेवारी बालेन शाहलाई दिनुपर्ने आवाज धेरै उठिरहेको छ । आन्दोलनकारी विचबिचमा “बालेन आउँ देश बचाउ” भन्ने आवाज उठाइरहेका छन् ।
आन्दोलनकारी सडकमा उग्रहुँदै जादा यसको विकल्प के भनेर काठमाडौं महानगरका प्रमुख बालेन शाह लगायतका केही युवा नेताहरु छलफलमा जुटेका छन् । बालेको सचिवालय स्रोतका अनुसार जेन–जी आन्दोलनको नेतृत्व कसरी गर्ने भन्ने बारेमा मिटिङ बस्ने तयारी गरेको छ । मिटिङमा बालेन लगायत केही इञ्जिनियरिङ क्षेत्रमा युवाहरु रहेको बुझिएको छ । काठमाडौंको एक गोप्य होटलमा हुन लागेको भेलामा बालेनलाई नेतृत्व लिन जनताले माग गरेभने के गर्नेभन्ने मुख्य एजेण्डा रहेको छ । देशभरी लागेको राजनैतिक आगो कसरी साम्य पार्ने भन्ने रहेको स्रोतले खुलासा गरिएको छ । स्रोत भन्छ,–‘हामी केही समयपछि मिटिङमा बस्दै छौं ।’
उनका अनुसार नेतृत्व कसरी गर्ने भन्नेमा हामी बिचमा छलफल हुनेछ । छलफलमा जिम्मेवारी आएमा कसरी निर्वाह गर्ने बारेमा कुराहुन लागेको हो । स्रोत भन्छ–‘हामी आज दिनभरको प्रदर्शन हेरेर मात्र आफ्नो धारणा अगाडि सर्नेछौं ।’
बालेनको कोरटिमले हर्क साङपाङ, जेन–जीका युवा नेतालाई समेत धमाधम संम्पर्क गरिरहेको छ । निकै गोप्य रुपमा भएको यो तयारीबाट कुनै निर्कोल निस्कने भए आजै साँझसम्म सो कुरा सार्वजनिक गरिने भएको छ ।


