Banijya News

जब प्रदर्शनकारीले ऊर्जामन्त्रीको घरबाट पैसा निकालेर हावामा उडाए पछि..!

1
1.2K Shares

जेन-जी आन्दोलन चर्किँदै जाँदा ऊर्जामन्त्री दीपक खड्काको निवासमाथि प्रदर्शनकारीले आक्रमण गरेका छन्। मंगलबार बिहान राजधानीस्थित उनको घरमा तोडफोड र आगजनी मात्र नभई ठूलो मात्रामा पैसा समेत घरभित्रबाट निकालिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

आन्दोलनकारीहरूले ऊर्जामन्त्रीको घरबाट पैसा निकालेर आकाशतिर उछालेका छन् । पैसाको गड्डी हावामा उड्दा भीडमा रहेका केही व्यक्तिहरूले ती नोट टिप्ने प्रयाससमेत गरेको प्रत्यक्षदर्शीहरू बताउँछन्।

खड्काको घरमा भएको तोडफोड र आगजनीपछि सुरक्षाकर्मी परिचालन गरिएको थियो। तर ठूलो संख्यामा भीड जम्मा भएकाले नियन्त्रणमा लिन कठिनाइ भएको छ।

राजधानीसहित देशका विभिन्न भागमा चर्किँदै गएको आन्दोलनको यो घटना सरकारप्रति आक्रोश झन् बढ्दै गएको संकेतका रूपमा हेरिएको छ।

1

Scroll to Top