राजधानी काठमाडौंमा सुरक्षा अवस्था नियन्त्रणबाहिर गएको छ। आन्दोलनकारीको भीडले नेता तथा मन्त्रीका घरमा आगजनी र तोडफोड गर्दा राजधानी तनावग्रस्त बनेको छ। केही प्रहरी कार्यालयहरूमा समेत तोडफोड र आगजनी भएको छ।
चारवटै सुरक्षा संगठन—नेपाल प्रहरी, सशस्त्र प्रहरी, गृह मन्त्रालय र सुरक्षा अनुसन्धान विभाग—को नियन्त्रण बाहिर स्थिति पुगेपछि, उच्च सुरक्षा आवश्यकताका कारण नेताहरूलाई सुरक्षित स्थानतर्फ सार्ने काम थालिएको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले वर्तमान अवस्था नियन्त्रणमा लिन नसक्ने जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइसकेका छन्। यसका साथै, विभिन्न सार्वजनिक सम्पत्ति जोगाउन नेपाली सेनाको टोली खटाइएको छ।
विशेष गरी भैंसेपाटीस्थित मन्त्री क्वार्टर भित्र समेत प्रदर्शनकारी प्रवेश गरेका छन्, जसले सुरक्षा निकायका लागि चुनौती थपेको छ।


