Banijya News

देशको सुरक्षा व्यावस्था नियन्त्रण बाहिर, शीर्ष नेता सेनाको सुरक्षामा

1
1.1K Shares

नेपालमा भ्रष्टाचारविरोधी जेन जी (Gen Z) आन्दोलन थप चर्किएको छ। आन्दोलनकारीहरूले देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्र प्रवेश गरेका छन्। सुरक्षा व्यवस्था नियन्त्रण बाहिर गएपछि नेपाली सेनाले शीर्ष नेता र मन्त्रीहरूलाई सुरक्षित स्थानमा सारेको छ।

यता, संसद् भवन पनि प्रदर्शनकारीको कब्जामा पुगेको छ । सेनाले अवरोध नगरेपछि प्रदर्शनकारी संसद् भवन प्रवेश गरेका हुन् । प्रदर्शनकारीले आगजनीसमेत गरेका छन् । नेकपा एमाले र नेपाली कांग्रेसका भवन र शीर्ष नेताको भवन, मन्त्री क्वार्टरमा प्रदर्शनकारीले आगो लगाएपछि नेपाली सेनाले उनीहरुलाई सुरक्षित स्थानमा लगेको छ ।

सोमबारको प्रदर्शनमा सरकारको दमनका कारण १९ जनाको ज्यान गएसँगै आन्दोलन मुलुकभर नै चर्किएको हो । राजधानीमा प्रदर्शनकारीहरू बिहानै नयाँ संसद् भवनमा भेला भएका थिए । बानेश्वरक्षेत्रमा बिहानैदेखि प्रदर्शनकारीहरूको बाक्लो उपस्थिति थियो । सोमबारको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि आन्दोलन देशभर फैलिएको छ। राजधानीमा प्रदर्शनकारीहरूले नयाँ संसद् भवन र बानेश्वर क्षेत्रमा भेला भएर चर्को प्रदर्शन गरेका थिए। मंगलबार, आन्दोलनकारीहरूले शीर्ष नेताका निवास तथा पार्टी कार्यालयहरूमा तोडफोड र आगजनी गरेका छन्।

  • नेपाली कांग्रेस: पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा र ऊर्जामन्त्री दीपक खड्काको बूढानीलकण्ठस्थित निवासमा आगजनी गरिएको छ। यस्तै, नेता रमेश लेखकको नैकपास्थित निवास र सानेपास्थित पार्टी कार्यालयमा पनि आगजनी भएको छ।
  • नेकपा एमाले: अध्यक्ष केपी ओलीको बालकोटस्थित निवास र च्यासलस्थित पार्टी कार्यालयमा आगो लगाइएको छ। उपाध्यक्ष सुरेन्द्र पाण्डेको निवासमा पनि तोडफोड भएको छ।
  • माओवादी केन्द्र: अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा तोडफोडपछि आगजनी गरिएको छ।
  • अन्य: सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ र अर्थमन्त्री विष्णु पौडेलको निवासमा पनि तोडफोड तथा आगजनी भएको छ।

1

Scroll to Top