Banijya News

निषेधाज्ञा र कर्फ्युमा के गर्न पाइन्छ ?

1.0K Shares

नेपाली सेनाले कर्फ्यु आदेश जारी गरेको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले कर्फ्यु आदेश जारी गरिएको जनाएको छ ।

हाल लागु गरिएको निषेधाज्ञा साँझ ५ बजेसम्म देशभर निरन्तर रहने सेनाले बताएको छ । भोलि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी रहने सेनाले जनाएको छ ।

जारी भएको निषेधाज्ञा तथा कर्फ्युमा अत्यावश्यक सेवाका सवारी साधनहरू भने सञ्चालन गर्न पाइनेछ ।
एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, संचारकर्मीर सुरक्षाकर्मीका सवारी साधन सञ्चालन गर्न दिइने सेनाले प्रष्ट पारेको छ । आवश्यक सहजताका लागि नजिकमा रहेका सुरक्षाकर्मीसँग समन्वय गर्न सेनाको आग्रह छ ।


Scroll to Top