त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ।
बुधबार विमानस्थल सुरक्षा समितिको बैठकले सर्वसम्मत निर्णय गर्दै विमानस्थल सञ्चालनमा ल्याइएको हो। यसअघि विभिन्न कारणले विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको थियो।
सुरक्षा समितिका अनुसार परिस्थिती सामान्य बन्दै गएपछि विमानस्थल सुचारु गर्ने निर्णय गरिएको हो। निर्णयसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान क्रमशः नियमित तालिकाअनुसार सञ्चालनमा आउने जनाइएको छ।