Banijya News

भवन ध्वस्त भएपछि संसदको कामकारबाही अनिश्चित

1.1K Shares

संघीय संसद् सचिवालयको कामकारबाही अनिश्चित भएको छ । संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना निकालेर संसद् बैठक अनिश्चितकालका लागि स्थगित गरिदिएका छन् । उनले सूचना निकालेर अर्को सूचना जारी नभएसम्मको लागि बैठक स्थगित गरेका हुन् ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरी संसद बैठक बस्न सक्ने अवस्था समेत नरहेको बताउँछन् । प्रदर्शनकारीले संसद भवनमा आगो लगाएपछि जलेर ध्वस्त भएको छ ।

‘अहिले बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको सूचना प्रकाशन भएको छ । बैठक बस्न सक्ने स्थिति पनि छैन’ प्रवक्ता गिरिले भनेका छन् ।


Scroll to Top