Banijya News

आंशिक शाखाबाट बैंकिङ सेवा दिँदै बैंकहरु

1
1.3K Shares

आज वाणिज्य बैंक र वित्तीय संस्थाहरूले आंशिक रूपमा आफ्ना शाखाहरूबाट बैंकिङ सेवा प्रदान गर्ने भएका छन्। हाल देशको अवस्था पूर्ण रूपमा सामान्य नभए पनि, ग्राहकको सुविधालाई ध्यानमा राख्दै बैंकहरूले सेवा उपलब्ध गराउने निर्णय गरेका हुन्।

नेपाल बैंकर्स एशोसिएसनको निर्णयअनुसार बैंक तथा वित्तीय संस्थाहरू बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालनमा रहनेछन्। सोहीअनुसार बैंकहरूले सेवा दिन सुरु गरेका छन्। साथै, बैंकहरूले सम्भव भएसम्म डिजिटल बैंकिङ सेवा प्रयोग गर्न ग्राहकहरूलाई अनुरोध गरेका छन्।

उपत्यका बाहिर रहेका शाखाहरू भने स्थानीय सुरक्षा अवस्था र सुरक्ष निकायहरूसँगको समन्वयमा मात्र सञ्चालन गरिने जनाइएको छ।

1

Scroll to Top