Banijya News

चाडपर्वमा सुरक्षित यात्राका लागि उच्चस्तरीय समिति गठन

1
1.2K Shares

सरकारले चाडपर्वको समयमा यात्रुको यात्रा सुरक्षित र सहज बनाउन उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ। यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा गठन गरिएको यस समितिमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायीलगायत सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी हुनेछन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार, आज बसेको बैठकले चाडपर्वमा यातायात व्यवस्थापनलाई सहज बनाउन ६ बुँदे निर्णयहरू गरेको हो। यस अन्तर्गत, उपत्यकाबाट बाहिरिने सवारीसाधनको प्राविधिक जाँच गरिने र यात्रु सहायता कक्षहरू स्थापना गरिनेछ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए अनुसार, बैठकले आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक सवारीसाधन र कार्यालयको क्षतिपूर्तिको प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरेको छ।

साथै, ट्राफिक प्रहरीका लागि आवश्यक सामग्री उपलब्ध गराउने र आन्दोलनका क्रममा लुटिएका हतियार र सामग्रीहरू सवारीसाधनमा ओसारपसार हुन नपाउने गरी तत्काल सूचना जारी गर्ने निर्णय पनि गरिएको छ।

1

Scroll to Top