अन्तरिम सरकारमा अर्थमन्त्रीको जिम्मेवारी पाएका रामेश्वर खनालले तलब, मन्त्री क्वार्टर, गाडी सुविधा नलिने भएका छन् । सपथ लिनुअगावै खनालले तलब, मन्त्री क्वार्टर, गाडी लगायतका कुनै पनि सुविधा नलिने घोषणा गरेका हुन् । उनले पिएसओ पनि नलिने भनेका छन् ।
खनाल पूर्वअर्थसचिव हुन् । अर्थतन्त्रको कमजोरी कहाँ छ, समस्या किन आयो, तत्काल के गर्नुपर्छ र दीर्घकालीन उपाय के हुन् भन्ने विषयमा जानकार उनी यो परिस्थितीमा उपयुक्त पात्र मानिन्छन् ।
खनालले कुनैपनि सुबिधा नलिने भएपछि अन्य मन्त्रलाई पनि दवाव बढेको छ ।


