Banijya News

बाग्मती प्रदेशका सभामुख पाठकले दिए राजिनामा

1
1.2K Shares

बाग्मती प्रदेशका सभामुख भुवनकुमार पाठकले आफ्नो पदबाट राजीनामा दिएका छन् । पाठकले सामाजिक सञ्जाल ह्वाट्स एपमार्फत उपसभामुख अप्सरा चापागाईलाई आधिकारिक पत्र पठाएका हुन् । सभामुख पाठकले नेपालको संविधान र प्रदेशसभा नियमावली, २०७४ बमोजिम आज बुधबार राजिनामा दिए ।

गत भदौ २३ गते भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा भएको प्रदर्शनमा अस्वाभाविक बल प्रयोगबाट भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै भदौ २४ गते नै सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका थिए ।राजीनामा घोषणा गरे पनि उनले औपचारिक पत्र भने पठाएका थिएनन् । पाठकले तत्कालीन समयमा प्राविधिक कारणले कानुनी प्रक्रिया पूरा गर्न अनुकूल नभएकाले पत्र नबुझाएको बताए । सबै प्रक्रिया पुरा गरेर आज औपचारिक रूपमा राजीनामा पत्र बुझाएको उनले बताए ।

राजीनामा पत्रमा उनले उक्त घटनाले आफूलाई अत्यन्त भावविह्वल बनाएको र राष्ट्र शोकमा डुबेको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहनु उचित नलागेको उल्लेख गरेका छन् । उनले राजीनामा पत्रको बोधार्थ प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रदेशसभा सचिवालयलाई पनि दिएका छन् ।

1

Scroll to Top