Banijya News

सडक डिभिजन काठमाडौंले ज्यालादारी कर्मचारी हटाउने, खाल्टोमुक्त उपत्यका अभियान रु

1
1.2K Shares

सडक डिभिजन काठमाडौंले ज्यालादारीमा कार्यरत अनावश्यक कर्मचारी हटाउने निर्णय गरेको छ। डिभिजनका प्रमुख सुबोध देवकोटाका अनुसार, आज बसेको स्थायी कर्मचारीहरूको बैठकले आवश्यकभन्दा बढी रहेका ज्यालादारी कर्मचारीहरूलाई हटाउने निर्णय गरेको हो। देवकोटाले आवश्यक परेमा ती कर्मचारीहरूलाई पुनः बोलाइने बताए। “अहिले निर्माणको सिजन नभएकाले र सरकारको नीतिअनुसार फजुल खर्च कटौती गर्नका लागि यो निर्णय लिइएको हो,” उनले भने। यस निर्णयबाट करिब ३० देखि ३५ जना ज्यालादारी सुपरभाइजर प्रभावित हुनेछन्।

यसैबीच, सडक डिभिजन काठमाडौंले काठमाडौं उपत्यकालाई खाल्टोविहीन बनाउने अभियान पनि आजदेखि सुरु गरेको छ। यस अभियानको सुरुवातको रूपमा, डिभिजनले बालुवाटार क्षेत्रमा परेको खाल्टो पुर्ने कार्य सम्पन्न गरेको छ। दुई घण्टाको प्रयासमा उक्त खाल्टो पुरिएको जानकारी दिइएको छ। डिभिजनले हाल उपत्यकाभरि रहेका खाल्टाखुल्टीहरूको तथ्यांक संकलन गर्ने कार्य पनि गरिरहेको छ।

1

Scroll to Top