Banijya News

बुङ्गल हाइड्रोको आईपीओ बाँडफाँड

1
1.2K Shares

बुङ्गल हाइड्रोको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटलले आज बिहीबार आईपीओ बाँडफाँड गरेको हो ।

कम्पनीले भदौ १६ गतेदेखि भदौ १९ गतेसम्म आम सर्वसाधारणलाई शेयर निष्काशन गरेको थियो। सर्वसाधारणका लागि १७ लाख १ हजार ५ सय कित्ता शेयर निष्काशन भएकाे थियाे ।

जसमा २१ लाख ७५ हजार ८ सय ८८ जनाको आवेदन परेको कम्पनीले जनाएकाे छ । साे मध्ये २१ लाख ४३ हजार २ सय ५० जनाको आवेदन मात्र योग्य भएको थियाे। जसमा १ लाख ७० हजार १ सय ५० जनाले १० कित्ताको दरलेले शेयर पाएका छन् भने बाँकी आवेदकले शेयर पाएका छैनन् ।

कम्पनीले यस अघि नै आयोजना प्रभवित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको थियाे।

यस कम्पनीले बझांगमा १०.७ मेगावाट क्षमताको सानीगाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० भदौ २ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।

1

Scroll to Top