वायुसेवा सञ्चालक संघले जेनजी आन्दोलनका क्रममा भएको आगलागी तथा तोडफोडपछि क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माणका लागि सरकारलाई २५ लाख रुपैयाँ सहयोग घोषणा गरेका छन्।
आज संघले आयोजना गरेको सेफ्टी क्याम्प उद्घाटन कार्यक्रममा अध्यक्ष मनोज कार्कीले संघका तर्फबाट सरकारको कोषमा सहयोग रकम जम्मा गर्ने घोषणा गरेका हुन्।


