Banijya News

डोङफेङ मोटरले सार्वजनिक गर्‍यो नयाँ नौ वटा मोडेल

1
1.3K Shares

डोङफेङ मोटरले इजिप्टको कायरोमा आयोजित विशेष कार्यक्रममा आफ्ना नौवटा नयाँ मोडेल आधिकारिकरूपमा सार्वजनिक गरेको छ। ‘East Wind Infinite World’ भन्ने थिममा इजिप्ट इन्टरनेसनल एक्जिबिसन सेन्टरमा सम्पन्न भएको हो।

कार्यक्रममा इजिप्टको बजारका लागि कम्प्याक्ट एसयुभी, सेडानहरूका साथै अत्याधुनिक इलेक्ट्रिक र हाइब्रिड गाडी प्रस्तुत गरिएको थियो। प्रस्तुत गरिएका मोडेलहरूमा MAGE ICE र SHINE ICE समावेश थिए भने DONGFENG BOX, DONGFENG 007, MAGE EV, VOYAH FREE, VOYAH DREAM, VOYAH PASSION र MHERO 917 जस्ता इलेक्ट्रिक तथा हाइब्रिड गाडी पनि प्रदर्शन गरिएको थियो।

कार्यक्रममा सरकारी अधिकारी, व्यवसायी र अटोमोबाइलप्रेमीको सहभागिता थियो। आगन्तुकहरूले नयाँ डिजाइनहरू नजिकै बाट हेर्ने, नवीनतम प्रविधिबारे बुझ्नेर डिस्प्ले गरिएका गाडीहरूको अनुभव लिने अवसर पाएको बताए । प्रदर्शनीका विभिन्न क्षेत्रमा डोङफेङका परम्परागत देखि लिएर न्यू इनर्जी गाडीहरू विशेष रूपमा प्रदर्शन गरिएका थिए।

यस लन्चसँगै डोङफेङ मोटरले इजिप्टको बजारमा औपचारिक प्रवेश गर्दैआधुनिक मोबिलिटी सोलुसन्सको बढ्दो माग पूरागर्न विविध उत्पादनहरूको श्रृंखला प्रस्तुत गरेको छ। नौ वटा मोडेलको यो लन्चले कम्पनीले परम्परागत र न्यूइनर्जी गाडीहरू दुवै प्रकारका ग्राहकहरूका आवश्यकतालाई मिल्ने गरी प्रस्तुत गरेको प्रष्ट पारेको छ।

1

Scroll to Top