Banijya News

नयाँ बसपार्कमा चाडपर्वलक्षित नागरिक सहायता कक्ष सञ्चालनमा

1
1.2K Shares

काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा बिहीबार चाडपर्वलक्षित नागरिक सहायता कक्ष उद्घाटन गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीले नागरिक सहायता कक्षको उद्घाटन गरेका हुन् ।

नयाँ बसपार्कसहित उपत्यकाका १५ स्थानमा नागरिक सहायता कक्ष सञ्चालन गरिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव टेकनाथ गौतमले जानकारी दिए ।

उपत्यकाका चाबहिल, गौशाला, बल्खु, कलंकीसहित काभ्रेको बनेपामा पनि नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको उनले बताए ।

1

Scroll to Top