जेन–जी प्रदर्शनपछि सुशीला कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारलाई सघाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विज्ञ टोली बनाइने भएको छ ।
प्रधानमन्त्री कार्कीलाई सघाउन मन्त्रिपरिषद् कार्यालयमै रहने गरी विज्ञ टोली बनाइनलागेको हो । टोलीमा अजयभद्र खनाल, गोविन्दनारायण तिमिल्सिनालगायत रहने बताइएको छ । टोलीमा अरु को को रहने टुंगिन बाँकी छ ।
हाल सरकारमा तीन जना मात्रै मन्त्री बनेका छन् । अर्थमन्त्री रामेश्वर खनाल, गृहसहित कानुन न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्याल र ऊर्जा जलस्रोत तथा सिँचाइसहित भौतिक पूर्वाधार र सहरी विकासमन्त्रीमा कुलमान घिसिङ छन् । बाँकी मन्त्रालय सबै कार्कीले नै हेरिरहेकी छिन् ।


