Banijya News

ठेक्का तोड्ने तयारीबारे ऊर्जा मन्त्री घिसिङले दिए यस्तो प्रस्टोक्ति !

1
1.3K Shares

ऊर्जा,जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले कुनै पनि निर्माण व्यवसायीप्रति पूर्वाग्रही भएर जीर्ण बनेका विकास आयोजनाका ठेक्का नतोड्ने बताएका छन् ।

सरकारले चार सय भन्दा धेरै आयोजनाको ठेक्का तोड्ने तयारी गरेको विषयमा नेपाल निर्माण व्यवसायी महासङ्घका प्रतिनिधिले चासो देखाएपछि घिसिङले यस्तो प्रस्टोक्ति दिएका हुन् । आइतबार भएको भेटमा मन्त्री घिसिङ काम नगरेर वर्षौँसम्म आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का तोडिने प्रस्ट पारे ।

घिसिङले बजेट नै भएका आयोजना पनि निर्माण व्यवसायीले काम नगर्ने अवस्था देखिएको बताए । उनले आफूले लिएका आयोजना तोकिएको समय र गुणस्तरमा निर्माण सम्पन्न गरी नेपालका निर्माण व्यवसायी पनि सक्षम रहेको सन्देश दिन आग्रह गरे ।

निर्माण क्षेत्रमा अनियमितता र भ्रष्टाचार रहेकोबारे आम बुझाई रहेको भन्दै जेनजी आन्दोलनपछि गठन भएको अहिलेको सरकारको मुख्य उद्देश्य भ्रष्टाचार नियन्त्रण रहेकाले निर्माण व्यवसायी पनि भ्रष्टाचार निर्मूल गर्नेतर्फ लाग्नुपर्ने बताए । उनले देश विकासमा योगदान गर्ने निर्माण व्यवसायीप्रति आफ्नो सम्मान रहेको उल्लेख गरे ।

1

Scroll to Top