प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ५ जना नयाँ मन्त्रीको नाम सिफारिस गरेपछि राष्ट्रपतिले उनीहरूलाई नियुक्त गरेका हुन् ।
नवनियुक्त मन्त्रीहरूलाई आज शपथ गराइने तयारी छ । प्रधानमन्त्रीको सिफारिसमा कानुनसहित केही मन्त्रालयको जिम्मेवारी अनिल कुमार सिन्हाले पाएका छन् भने महावीर पुनलाई शिक्षा, संगीता कौशल मिश्रा****लाई स्वास्थ्य तथा जनसंख्या, मदन परियारलाई कृषि र जगदीश खरेललाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यसअघि प्रधानमन्त्री कार्कीले रामेश्वर खनाल, कुलमान घिसिङ र ओम प्रकाश अर्याललाई मन्त्री नियुक्त गरेकी थिइन् । नयाँ मन्त्रीहरूको नियुक्तसँगै अब कार्की नेतृत्वको मन्त्रिमण्डल ९ सदस्यीय बनेको छ ।
भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएकी सुशीला कार्कीलाई राष्ट्रपति पौडेलले जेनजी आन्दोलनपछि विशेष परिस्थितिको अधिकार प्रयोग गरी संविधानको धारा ६१ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । कार्की सरकारको मुख्य कार्यभार आगामी फागुन २१ मा संसदको निर्वाचन गराउनु रहेको छ ।


