Banijya News

पछिल्लो २४ घण्टामा ४३ हजारले छोडे उपत्यका

1
1.1K Shares

दसैँको घटस्थापना सुरु भएसँगै पछिल्लो २४ घण्टामा ४३ हजारभन्दा बढी यात्रुले काठमाडौं उपत्यका छोडेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता लोकेन्द्रसिंह गुरुले आइतबार बिहान ६ बजेदेखि आज (सोमबार) बिहान ६ बजेसम्म ४३ हजार १३२ जनाले काठमाडौं छोडेको बताए ।

दसैँ सुरु भएसँगै काठमाडौं छोड्नेहरूको संख्या बढेको छ । नयाँ बसपार्क, जडीबुटी, कोटेश्वरलगायत क्षेत्रमा सवारी साधन र यात्रुको चाप बढेको छ ।

1

Scroll to Top