Banijya News

प्रतितोला सात सय रूपैयाँले बढ्यो सुनको मुल्य

1
1.1K Shares

निरन्तर उचाइतर्फ लागिरहेको सुनको मूल्य सोमबार कीर्तिमानी बिन्दुमा पुगेको छ। प्रतितोला ७ सय रूपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च २ लाख १७ हजार ८ सय रूपैयाँ पुगेको छ।

यसअघि भदौ ३१ मा सुनको उच्च मूल्य प्रतितोला २ लाख १७ हजार एकसय रूपैयाँ कायम थियो। यो साता आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। चाँदी पनि सोमबार प्रतितोला ३० रूपैयाँले महँगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आइतबार प्रतितोला २ हजार ६ सय २० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबारका लागि प्रतितोला २ हजार ६ सय ५० रूपैयाँ तोकिएको छ।

1

Scroll to Top