नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख ६० हजार कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी आजबाट यी शेयर विक्रीमा ल्याएको हो ।
जया राज्य लक्ष्मी शाहको नाममा रहेको यी शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।
कम्पनीको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौंमा पुग्ने गरी आवेदन पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री हुनेछ ।


