राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पूर्वसहमहामन्त्री सुमना श्रेष्ठलाई नयाँ यात्राका लागि शुभकामना दिएको छ ।
केन्द्रीय कार्यालय बनस्थलीमा मंगलबार बसेको केन्द्रीय समिति बैठकले श्रेष्ठले पार्टीलाई पुर्याएको योगदानको कदर गर्दै आगामी यात्राका लागि शुभकामना दिएको हो ।
श्रेष्ठले गत हप्ता पार्टी सभापति रवि लामिछानेको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै रास्वपा छोडेकी थिइन् । बैठकमा केही नेताहरूले श्रेष्ठलाई फर्काउने विषयमा मत राखेको पनि झाले जानकारी गराए ।


