Banijya News

नख्खु कारागारबाट भागेका शिवशिखर सहकारीका अभियुक्त शर्मा पक्राउ

1
1.2K Shares

भदौ २४ गते नख्खु कारागारबाट भागेका सहकारी ठगीका अभियुक्तलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेताकार्यकर्तासहितको टोलीले जेनजी आन्दोलनका क्रममा रवि लामिछानेलाई जेलबाट निकालेपछि अरु ७ सयकैदीबन्दी पनि फरार भएका थिए।

तीनैमध्ये भक्तपुरको शिवशिखर सहकारीका सञ्चालक केदारनाथ शर्मा पनि थिए। लामिछाने पुनः जेल फर्किए पनि शर्मा भने फरार थिए। उनलाई सीआईबीले बुधबार ललितपुरको सानेपाबाट पक्राउ गरेर नख्खु कारागारमा बुझाएको सीआईबीका डीएसपी धर्मराज भण्डारीले जानकारी दिए।

बाँकेको खजुरा गाउँपालिका ६ घर भएका शर्मामाथि सहकारीको १४ अर्ब हिनामिना गरेको आरोप छ। सोही आरोपमा उनी पुर्पक्षका लागि कारागार चलान भएका थिए। यसअघि सीआईबीले उनलाई भारतको लखनउबाट पक्राउ गरेर ल्याएको थियो।

1

Scroll to Top