Banijya News

अनुमति बिना सडक खन्नेलाई महानगरको जरिवाना

1
1.2K Shares

काठमाडौँ महानगरपालिकाले वडा नम्बर ५, हाडिगाउँमा बिनाअनुमति सडक तथा फुटपाथ खन्ने एक व्यक्तिलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ। महानगरपालिकाको नगर प्रहरी बलले मनोजकुमार साहलाई उक्त जरिवाना गरेको हो ।

महानगरपालिकाद्वारा जारी गरिएको नगदी प्राप्ति रसिद अनुसार, वडा नम्बर ५, काठमाडौँका मनोजकुमार साहले स्वीकृति नलिई सडक तथा फुटपाथ खनेको ठहर गर्दै ५० हजार रुपैयाँ जरिवाना तोकिएको उल्लेख छ। यो जरिवाना ’प्रशासनिक दण्ड, जरिवाना र जफत’ शीर्षक अन्तर्गत सङ्कलन गरिएको हो ।

1

Scroll to Top