Banijya News

सिटिजन्स बैंकले ५.२६ प्रतिशत लाभांश वितरण गर्ने

1
1.2K Shares

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८१-८२ को मुनाफाबाट ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । आश्विन १० गते शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश ०.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

जस अनुसार बैंकले २०८२ आषाढ मसान्तको चुक्तापूँजी १४ अर्ब ७६ करोड ९० लाख १२ हार ९६६ को ५ प्रतिशतले हुने ७३ करोड ८४ लाख ५० हजारको बोनस शेयर र कर प्रयोजनको लागि ३ करोड ८८ लाख ६५ हजार ८२३ रुपैयाँसहित ७७ करोड ७३ लाख १६ हजार ४७१ रुपैषँ लाभांश वितरण्को प्रस्ताव गरेको छ ।

नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी १९औं वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश शेयरधनीलाई वितरण हुनेछ ।

बैंकले आर्थिक वर्ष २०६५-६६ देखि नै शेयरधनीहरुलाई निरन्तर लाभांश वितरण गर्न सफल भएकोे छ । आर्थिक वर्ष २०६५-६६ देखि आर्थिक वर्ष २०८१-८२ सम्मको औषत लाभांश दर ११.८७ प्रतिशत रहेको छ । प्रस्तावित लाभांश सहित पछिल्लो १० वर्षको औषत लाभांश दर १०.५२ प्रतिशत रहेको छ ।

1

Scroll to Top