Banijya News

गैरआवासीय नेपाली संघद्वारा उपत्यका प्रहरी परिसरलाई १० लाखको सहयोग

1
1.2K Shares

गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद् (एनसीसी) चीनले उपत्यका प्रहरी परिसर काठमाडौंलाई करिब १० लाख रुपैयाँ बराबरको विभिन्न सामग्री सहयोग गरेको छ। जेनजी आन्दोलनका क्रममा भएको क्षतिको पुनर्निर्माणका लागि सो सहयोग गरिएको हो।

शुक्रबार आयोजित एक कार्यक्रममा एनआरएनए चीनका पदाधिकारीहरूले उपत्यका प्रहरी परिसरलाई १० वटा सोफा सेट, ४० वटा अफिस कार्य टेबल, ४० वटा भिजिटर कुर्सी, २० वटा चिया टेबल र १५ वटा स्टील दराज हस्तान्तरण गरेका हुन्।

सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा एनसीसी चीनका अध्यक्ष मुकुन्द ढकाल, निवर्तमान अध्यक्ष निर्मल शर्मा चौलागाई, उपाध्यक्ष प्रदीप नेपाल लगायतका पदाधिकारी र आईसीसी अध्यक्ष डा. बद्री केसीको पनि उपस्थिति थियो।

कार्यक्रममा बोल्दै एनआरएनएका अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपालीहरूले मातृभूमिको संकट र विपद्‌मा सधैँ सहयोग गर्दै आएको बताए। उनले जेनजी आन्दोलनका क्रममा भएको क्षतिको पुनर्निर्माणमा एनआरएनए तयार रहेको र नेपाल सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता पनि जनाए।

उपत्यका प्रहरी कार्यालयका प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले यस विषम परिस्थितिमा एनआरएनए चीनबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गरे। उनले नेपाल प्रहरी जनताको शान्ति सुरक्षामा अहोरात्र खटिरहेको बताए।

1

Scroll to Top