Banijya News

एमाले सचिवालय बैठक भक्तपुरमा सुरु: जेनजी आन्दोलनपछिको अवस्थाबारे छलफल

1
1.1K Shares

नेकपा एमालेको सचिवालय बैठक भक्तपुरको गुण्डुमा सुरु भएको छ। ‘जेनजी’ आन्दोलनले निम्त्याएको राजनीतिक उथलपुथलपछि विकसित घटनाक्रमबारे छलफल गर्न यो बैठक बोलाइएको हो। पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निजी निवास रहेको गुण्डुमै बैठक राखेका छन्।

आन्दोलनबाट सत्ता गुमाएपछि एमालेको सचिवालय बैठक पहिलो पटक बस्न लागेको हो। बैठकमा हालैको आन्दोलन, सत्ता गुमेपछिको अवस्था, र पार्टीको आगामी रणनीतिबारे गम्भीर छलफल हुने अपेक्षा गरिएको छ।

1

Scroll to Top