महोत्तरीको खरमारामा यात्रुवाहक बस पल्टिँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । खेरमाराबाट काठमाडौं हिँडेको यात्रुवाहक बस शुक्रबार बिहान ब्रेकफेल भएर लक्ष्मी जनता माध्यमिक विद्यालयको गेटमा ठोक्किएर दुर्घटना भएको हो ।
स्थानीय इन्दु लामाका अनुसार बसमा चार जनाको घटनास्थलमै ज्यान गएको हो ।
इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार दुर्घटनामा मृत्यु भएकाहरूको अहिलेसम्म सनाखत हुन सकेको छैन ।घाइतेहरूलाई उपचारको लागि एम्बुलेन्सबाट बर्दिबास ल्याइँदै छ ।


