Banijya News

रातको समय कान्तिलोकपथमा हिड्न रोक

1
1.2K Shares


जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै सचेत रहन आग्रह गरेपछि जिल्ला प्रशासन कार्यालय, मकवानपुरले विशेष सूचना जारी गरेको छ । उक्त सूचनामा सम्भावित प्राकृतिक विपद्बाट जनधनको क्षति न्यूनिकरण गर्न विभिन्न सावधानी अपनाउन आग्रह गरिएको छ ।

सूचनाअनुसार १७–२० असोजसम्म जिल्लाभित्र मध्यमदेखि भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ । यस्तो मौसमका कारण पहिरो र बाढीको जोखिम बढ्न सक्ने भएकाले प्रशासनले विभिन्न सुरक्षात्मक कदम चाल्ने निर्णय गरेको हो ।

कान्तिलोकपथ हुँदै हेटौंडाबाट ललितपुरतर्फ जाने सवारीहरू बेलुका ४ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म रोक लगाइनेछ ।

हेटौंडाबाट भैँसे हुँदै काठमाडौंतर्फ जाने सवारीहरू बेलुका ५ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म निषेध गरिनेछ । साथै, अत्यावश्यक कामबाहेक यात्रुहरूलाई राति वा टाढाको यात्रा नगर्न समेत आग्रह गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठद्वारा जारी सूचनामा स्थानीय तह, सुरक्ष निकाय, टोल विकास समिति, स्वयंसेवक र अन्य सम्बद्ध निकायहरूलाई तयारी अवस्थामा रहन भनिएको छ । विशेषगरी पहिरोको जोखिममा रहेका क्षेत्र र नदी किनाराका बस्तीहरूमा सतर्कता अपनाउन भनिएको छ ।

जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिहरू र साझेदार संस्थाहरूलाई समन्वयमा रही सतर्कता र पूर्वतयारीमा जुट्न आग्रह गरिएको छ ।

1

Scroll to Top