Banijya News

हेलिकप्टर तयारी अवस्थामा राख्न वायुसेवा सञ्चालकहरूलाई गृहको अनुरोध

1
1.2K Shares

गृह मन्त्रालयले विपद व्यवस्थापनको निम्ति हेलिकप्टर तयारी अवस्थामा राख्न वायुसेवा सञ्चालक संघलाई अनुरोध गरेको छ।

कोशीदेखि लुम्बिनी प्रदेशसम्म भारी तथा अति भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबानबाट प्रभावितहरूको खोज तथा उद्दार, राहत, स्थानान्तरण र पुनर्स्थापनाका लागि मन्त्रालयले हेलिकप्टर तयारी अवस्थामा राख्न भनेको हो।

‘मन्त्रालयको लिखित तथा मौखिक अनुरोधमा परिचालन हुने गरी निजी हेलिकप्टरलाई तत्काल प्रयोगका लागि तयारी अवस्थामा राखिदिनुहुन अनुरोध छ,’ गृहका उपसचिव निशानराज गौतमले लेखेको चिठीमा उल्लेख छ।

यसका लागि समन्वय र सहजीकरण गरिदिन नेपाल नागरिक उड्डयन प्राधिकरणसँग आग्रह पनि गरिएको छ।

1

Scroll to Top