Banijya News

केपी ओली र रमेश लेखकविरुद्ध किटानी जाहेरी दर्ता गर्न प्रहरीद्धारा अस्वीकार, सुरक्षा हाइ अलर्टमा

1
1.2K Shares

हामी नेपाल संस्थाका संस्थापक सुधन गुरुङ पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक विरुद्ध किटानी जाहेरी लिएर काठमाडौं जिल्ला प्रहरी परिसर, भद्रकाली पुगेका छन्। गुरुङको टोलीले दिएको लिखित जाहेरीलाई प्रहरीले भने दर्ता गर्न अस्वीकार गरेको छ ।

प्रहरीले ’जेनजी आन्दोलन’ को घटना छानबिनका लागि जाँचबुझ आयोगले काम गरिरहेकाले हाल जाहेरी दर्ता गर्न नमिल्ने बताएको छ। जाहेरी दर्ता नभएपछि गुरुङ ’सडकबाटै देखाइदिन्छौँ’ भन्दै धम्क्याएर फर्किएको स्रोतले जनाएको छ। सामाजिक सञ्जालमा समेत ओली र लेखकलाई पक्राउ गर्नुपर्ने भन्दै अभियान चलाएका गुरुङको टोली फर्किएपछि असुरक्षा महसुस गर्दै काठमाडौं प्रहरी परिसरले आफ्ना सबै वृत्तहरूलाई हाइ अलर्टमा राखेको छ ।

स्थिति बिग्रन सक्ने आकलन गर्दै काठमाडौं उपत्यका प्रहरीको ’भिक्टर कन्ट्रोल’ कल साइनबाट बेलुका साढे ७ बजेपछि बिटहरूमा खटिएका प्रहरी कर्मचारीहरूलाई रिजर्भ फोर्सका लागि वृत्तमा फिर्ता बोलाइएको छ ।

सुशीला कार्की नेतृत्वको सरकारमा हस्तक्षेपकारी भूमिका खेलेको मानिने ’हामी नेपाल’ संस्थाका संस्थापक गुरुङको यो कदमले अहिले सुरक्षा संवेदनशीलता बढाएको छ ।

1

Scroll to Top