काठमाडौं महानगरका मेयर बालेन शाह र जेनजी अभियन्ता सुधन गुरूङ पक्राउको माग गर्दै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू प्रहरी परिसर जाने तयारी गरेको छ ।
अखिलका महासचिव दीपक धामीको नेतृत्वमा जान लागेको अनेरास्ववियूले जनाएको छ । यसअघि सुधन गुरुङले एरेष्ट केपी ओली र रमेश लेखक अभियान चलाएपछि एमाले निकटका व्यक्तिहरुले पनि बालेन र सुधन पक्राउको माग सामाजिक सञ्जालमार्फत् गरेका थिए ।
उनीहरुकै योजनाअनुसार भदौ २४ मा काठमाडौंमा आगजनी भएको भन्दै अखिलले उजुरी लिएर जान लागेको जनाएको छ ।


