Banijya News

क्षमा याचनासहित स्वेच्छिक अवकाश लिन शीर्ष नेतृत्वलाई ‘प्रबुद्ध नगारिक’को सुझाव

1
1.2K Shares

जेनजी आन्दोलनपछि क्षमा याचनासहित स्वेच्छिक अवकाश लिन शीर्ष नेतृत्वलाई ‘प्रबुद्ध नगारिक’को सुझाव दिएका छन्।

३० जना नागरिक अगुवाहरुले संयुक्त अपिल जारी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरुलाई अवकाश लिन सुझाएका हुन्।

अपिलमा भनिएको छ, ‘विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलको मूल नेतृत्व (सभापति/अध्यक्ष) ले हालसम्मको अवस्थाको नैतिक जिम्मेवारी लिँदै क्षमायाचनासहित राजीनामा दिएर स्वेच्छिक अवकाश लिनुपर्छ । यो केवल कुनै दल विशेषको औचित्य र भविष्यका लागि मात्रै होइन, लोकतन्त्र र दलीय प्रणालीको भविष्य तथा दल र दलको नेतृत्वलाई जनताप्रति उत्तरदायी बनाउन राजीनामा र स्वेच्छिक अवकाश अपरिहार्य भएको वास्तविकता पनि स्पष्ट पार्न चाहन्छौं ।’

जेन–जी विद्रोहपछि सिर्जना भएको विशेष र असाधारण राजनीतिक परिवेशलाई मध्यनजर गर्दै लोकतान्त्रिक अभ्यास अनुसार विघटित संसदमा प्रतिनिधित्व गर्ने सबै दलले अविलम्व विशेष महाधिवेशन गरी ती दलले नयाँ नेतृत्व चयन गर्नु आवश्यक रहेको उल्लेख छ।

1

Scroll to Top