नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको पदाधिकारी बैठकमा नजाने भएका छन् । देउवाको अनुपस्थितिको कारणबारे फरक–फरक भनाइ आएको छ।
मुख्य सचिव कृष्ण प्रसाद पौडेलका अनुसार सभापति देउवा स्वास्थ्यका कारण बैठकमा सहभागी नहुने भएका हुन्। देउवा स्वयम्ले आज दिउँसो १ बजेका लागि पदाधिकारी बैठक बोलाएका थिए । तर, देउवा पदाधिकारी बैठकमा नजाने निर्णय भएको स्वकीय सचिव भानु देउवाले बताए ।
स्वकीय सचिव देउवाले अनौपचारिक बैठक भएकाले सभापति नजाने स्पष्ट पारेका छन् ।
यसरी सभापति देउवाको अनुपस्थितिमा उपसभापति पूर्णबहादुर खड्काले बैठकको अध्यक्षता गर्नेछन्। बैठकमा असोज २६ गते बस्ने केन्द्रीय समिति बैठकको एजेन्डा, महाधिवेशन, निर्वाचन लगायतका विषयमा छलफल हुने जनाइएको छ।


