Banijya News

गोल्यान ग्रुपले जेनजी आन्दोलनका शहीद परिवारलाई शिक्षा र स्वास्थ्यमा सघाउने

1
1.2K Shares

व्यावसायिक घराना गोल्यान ग्रुपले २३ र २४ भदौको जेनजी आन्दोलनमा शहीद भएका परिवारका लागि शिक्षा र स्वास्थ्यमा आधारित सहयोग कार्यक्रम सार्वजनिक गरेको छ ।

ग्रुपले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी यस्तो घोषणा गरेको हो । ‘भावनात्मक रूपमा हामी सँगै छौं, सँगै उभिन चाहन्छौं,’ विज्ञप्तिमा छ, ‘हामी शहीद परिवारप्रति सहकार्यको हात अघि बढाउन चाहन्छौं ।’

गोल्यान ग्रुपका कर्पोरेट अफेयर्स एन्ड कम्युनिकेसन्स प्रमुख ज्योति गैरेले शहीदका दाजुभाइ–दिदीबहिनी र सन्तानको अध्ययन तथा उज्ज्वल भविष्यका लागि १२ कक्षासम्म निःशुल्क शिक्षाको प्रबन्ध गर्ने र छात्रवृत्ति कार्यक्रममा सहभागी बालबालिकाको रुचि र क्षमता अनुसार अतिरिक्त क्रियाकलापमा आवश्यक सहायता प्रदान गर्ने बताइन् ।

त्यसैगरी शैक्षिक सहयोग आवश्यक नपर्ने शहीदका आमाबुबाका लागि स्वास्थ्य बीमामार्फत उनीहरूको दीर्घकालीन स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्ने ग्रुपको भनाइ छ ।

उनका अनुसार शैक्षिक सहायतामा नसमेटिएका शहीदका अभिभावकलाई स्वास्थ्य बीमामार्फत उनीहरूको दीर्घकालीन स्वास्थ्य र सुरक्षा सुनिश्चित गरिने छ ।

गोल्यान ग्रुपले प्रत्येक प्रभावित परिवारको गोपनीयता र मर्यादालाई उच्च प्राथमिकता राख्दै कुनै पनि नाम वा तस्वीर सार्वजनिक नगर्ने जनाएको छ ।

1

Scroll to Top