कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्कर ओझा बिजयी भएका छन् । कुल खसेका १९४० मतमध्ये ९५० पाएर ओझा बिजयी भएका हुन् । ६१ मतको अन्तरले निकटतम प्रतिद्धन्द्धी रुपेश स्वाँरलाई पराजित गर्दै ओझा अध्यक्षमा बिजयी भएका हुन् । शुरुदेखि नै झिनो मतले पछि परेका स्वाँरले ८८९ मत पाए । ओझा र स्वाँरबीचको प्रतिस्पर्धा अत्यन्त रोचक रह्यो ।
कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्कर ओझा बिजयी


