सुदूरपश्चिमका प्रतिनिधि जेनजी पुस्ताका युवाले प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउँदै मन्त्री पदमा समान अवसरको माग गरेका छन् । जेनजी युवाहरुले कञ्चनपुर सिडियो कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएका हुन् ।
सुदूरपश्चिम क्षेत्रबाट मन्त्री पदमा प्रतिनिधित्व नपाएको महसुस भएपछि जेनजीहरूको ज्ञापन पत्र बुझाएका हुन् । युवाहरुले गोपी हमाल, ई. अनुप उपाध्यय, डा गुणकर भट्ट, विनोद प्रकाशा सिंह, ई तेज भट्ट, हेमराज थापा जस्ता प्रतिनिधी बनाउन माग गरेका हुन् ।
स्थानीय युवाहरूको सक्रियताले आगामी सरकार गठनमा समावेशिता र न्यायोचित प्रतिनिधित्व सुनिश्चित गर्न सहयोग पु¥याउने अपेक्षा उनीहरुको छ ।
ज्ञापन पत्र हरीश राज भट्ट, प्रशान्त भट्ट, प्रकाश टेर, सुरेश भट्ट र हेमराज पन्तले कञ्चनपुर जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालय र सुरक्षा तथा अपराध नियन्त्रण शाखा, सिंहदरबार, काठमाडौं पठाएका छन् । ज्ञापन पत्रमा जेनजीहरूले क्षेत्रीय प्रतिनिधित्व सुनिश्चित गरी समावेशी सरकार निर्माण गर्नुपर्ने कुरामा जोड दिएका छन्।


