Banijya News

सर्वोच्च अदालतमा आजबाट रिट तथा निवेदन दर्ता खुला

1
1.2K Shares

सर्वोच्च अदालतले आज (मंगलबार) बाट नियमित रूपमा रिट तथा निवेदनहरू दर्ता खुला गरेको छ।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि सर्वोच्च अदालतमा रिट तथा निवेदन दर्ता कार्य अवरुद्ध भएको थियो। आगजनीका कारण भदौ २९ गतेदेखि सर्वोच्चले बन्दीप्रत्यक्षकरण (Habeas Corpus) को मुद्दा मात्र हेर्दै आएको थियो।

यद्यपि, आइतबार सर्वोच्च अदालतका सबै न्यायाधीशहरू सम्मिलित फुलकोर्टको बैठकले गरेको निर्णय अनुसार आजदेखि अन्य सबै प्रकारका रिट र निवेदनहरू पनि दर्ताका लागि खुला गरिएका छन्। यस निर्णयसँगै सर्वोच्च अदालतको कामकारबाही अब सामान्य अवस्थामा फर्किने अपेक्षा गरिएको छ।

1

Scroll to Top