Banijya News

सगरमाथा लुम्बिनी इन्स्योरेन्स सुदूरपश्चिम रोयल्सको आधिकारिक इन्स्योरेन्स पार्टनर

1
1.1K Shares

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्ससँग पुनः सहकार्य गर्दै आधिकारिक इन्स्योरेन्स पार्टनरको रूपमा आफ्नो स्थान सुरक्षित गरेको छ।

उत्कृष्टता र प्रतिबद्धताप्रति समान दृष्टिकोण राख्ने दुई प्रतिष्ठित संस्थाबीचको यो निरन्तर साझेदारी खेलकुदको विकास र सुरक्षाप्रति हाम्रो साझा विश्वासको प्रतिविम्ब हो।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले नेपालभरका १०० भन्दा बढी शाखामार्फत व्यक्तिगत तथा कर्पोरेट ग्राहकहरूलाई बीमाका विविध सेवा प्रदान गर्दै आएको छ।

विश्वास, सुरक्षात्मक सोच र सामाजिक उत्तरदायित्वमा आधारित सलिको खेलकुदको उत्थान र राष्ट्रिय गौरवका प्रतीक खेलाडीहरूको साथमा निरन्तर प्रतिबद्ध रहिरहनेछ।

1

Scroll to Top