बुढानिलकण्ठ हेरिटेज लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । असोज ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित कात्तिक २५ गते सातौं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाले आईपीओ निष्कासन गर्ने हुँदा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई प्रदान गर्नेछ । कम्पनीको अधिकृत तथा जारी पूँजी बृद्धि गर्ने प्रस्ताव गरेको कम्पनीले त्यसका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव समेत गरेको छ । साथै गत आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गदैं चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ ।


