स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव संगिता कौशल मिश्राविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले मिश्रासहित १५ जनाविरुद्ध १४ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो। मिश्रा स्वास्थ्य उपकरण खरिदमा घोटालामा संलग्न भएको आरोप छ। केही साताअघि जेनजीको सरकारमा स्वास्थ्य मन्त्री बन्ने चर्चामा रहेकी मिश्राविरुद्ध अख्तियारले स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा गरेको खरिदसँग सम्बन्धित फाइलका आधारमा विशेष अदालतमा मुद्दाको फाइल पेस गरेको हो।
मन्त्री बनाउँने तयारीमा रहेकी संगिता कौशल मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर


