Banijya News

बरुण हाइड्रोको लिलामी सेयर बाँडफाँट

1
1.1K Shares

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले लिलामीमा ल्याएका अवितरित हकप्रद सेयरहरूको बाँडफाँट सम्पन्न भएको छ। कम्पनीका बिक्री व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडका अनुसार बाँडफाँट कार्तिक २ गते सम्पन्न गरिएको हो।

कम्पनीले भदौ २९ गतेदेखि असोज १२ गतेसम्म अवितरित हकप्रद सेयरहरू सर्वसाधारणका लागि लिलामीमार्फत बिक्री खुला गरेको थियो। उक्त अवधिमा सर्वसाधारण समूह अन्तर्गतका कुल २ लाख ३८ हजार ४ सय ४३ कित्ता सेयर लिलामीमा राखिएका थिए।

लिलामीमा परेको बोलपत्र असोज २८ गते खोलेपछि मूल्याङ्कन कार्य सम्पन्न गरिएको थियो। मूल्याङ्कनका आधारमा यस लिलामीको कट–अफ मूल्य प्रति सेयर २८४ रुपैयाँ ६० पैसा कायम भएको बिक्री प्रबन्धकले जनाएको छ।

सो मूल्यभन्दा बढी दरमा आवेदन दिने आवेदकले मागअनुसार सेयर प्राप्त गरेका छन् भने ठीक २८४.६० रुपैयाँमा आवेदन दिने आवेदकलाई समानुपातिक रूपमा सेयर बाँडफाँट गरिएको हो।

यसबीच बाँडफाँटमा नपरेको रकम कार्तिक १२ गतेदेखि सम्बन्धित आवेदकहरूको बैंक खातामा आईपीएस प्रणालीमार्फत फिर्ता पठाइने कम्पनीले जानकारी दिएको छ।

1

Scroll to Top