Banijya News

रास्वपाले जेनजीलाई लिएर ‘बृहत् राजनीतिक संवाद’ आयोजना गर्ने

1
1.1K Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘बृहत् राजनीतिक संवाद’ कार्यक्रम आयोजना गर्ने भएको छ । रास्वपाको बुधबार बसेको सचिवालय बैठकले आगामी कार्तिक १४ गते ‘बृहत् राजनीतिक संवाद’ आयोजना गर्ने निर्णय गरेको हो ।

जेनजीले सुशासन र प्रणालीगत सुधारका लागि गरेका आन्दोलनपछि बनेको परिवर्तित राजनीतिक परिवेशमा दिगो रूपान्तरण र समान सोच भएका शक्तिबीच सहकार्य अघि बढाउने उद्देश्यले यो संवाद गर्ने निर्णय गरिएको रास्वपाले जनाएको छ ।

रास्वपाले ‘बृहत् राजनीतिक संवाद’ का मुख्य ३ उद्देश्य रहेको उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ ‘प्रवास र स्वदेशमा रहेका आम नेपाली जनताले आशा राखेका नयाँ राजनीतिक शक्तिहरू, स्वतन्त्र विचारक, अभियन्ता र नवयुवाहरूबीच सार्थक सहकार्य नहुँदा पुनः पश्चगमनको जोखिम बढ्न सक्छ, त्यसैले खुला र साझा संवादमार्फत साझा बाटोको खोजी गर्ने निर्णय गरिएको हो।’

1

Scroll to Top